राजनीति

‘निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सशस्त्रको भूमिका महत्वपूर्ण’

गृहसचिव विनोदप्रकाश सिंहले आगामी मङ्सिर ४ मा हुने निर्वाचनलाई भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै सचिव सिंहले सशस्त्र प्रहरीले सीमित स्रोत साधनका बाबजुद कठिन परिस्थिति र स्थानमा समेत सीमारक्षार्थ खटिएको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले प्रतिकुल अवस्थामा रहेका सीमा सुरक्षाचौकीको सुधारका लागि समयानुकूल बन्दोबस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको बताउनुभयो ।

गृहसचिव सिंहले निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति तथा युनिटपतिले आपूm मातहतका कर्मचारीलाई उचितरुपमा परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षा कायम गर्न सक्षमता, निपूर्णता तथा तदरुकताका साथ कार्य गर्नुहुनेछ भन्ने अपेक्षा राखेको बताउनुहुँदै उहाँले सीमा सुरक्षामा कठिन परिस्थितिका बीच परिचालित कर्मचारीप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव सिंहबाट भएको निर्देशनलाई अक्षरस पालना गरी इमान्दारितापूर्वक जम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकलाई निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीलाई सदैव शिरमा राखेर उच्च नैतिकता, इमान्दारिता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आम नागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धारलगायतका विविध जिम्मेवारीमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहनुपर्ने बताउनुभयो ।

महानिरीक्षक अर्यालले आगामी निर्वाचन भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउनको लागि सम्पूर्ण तयारी गरिएको बताउनुहुँदै जस्तोसुकै परिस्थितिमा पनि आम नागरिकको सेवा, सुरक्षा र उद्धारमा परिचालित हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.