जन सरोकार

बढी भाडा असुल्न नपाएपछि बस सेवा ठप्प, यात्रु अलपत्र

दशैंको मौकामा मनलाग्दी भाडा असुल्नेहरुलाई प्रहरीले कारबाही चलाएपछि यातायात व्यवसायीहरु आक्रोशित बन्दै बस सेवा नै बन्द गर्न थालेका छन् ।

यसै क्रममा बढी भाडा असुल्नेमाथि प्रहरीले कारबाही गरेपछि बिहिबार काठमाडौंदेखि धादिङ जाने बससेवा बन्द भएको छ । व्यवसायीले बस नचलाउँदा यात्रुहरु अलपत्र परेका छन् ।

गन्तव्यमा जान नपाएका यात्रुहरुको आज बिहानैदेखि बालाजु माछापोखरी क्षेत्रको धादिङ बसपार्कमा घुइँचो छ । त्यहाँ प्रहरीहरु पनि उल्लेख्य संख्यामा खटाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.