जन सरोकार

जुम्लाबाट स्याउ बोकेर सुर्खेत जाँदै गरेको ट्रक दुर्घटना, एकजनाको मृत्यु

जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेर सुर्खेततर्फ आउँदै गरेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधबार राति दुर्घटना हुँदा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको छ ।

त्यस्तै मकवानपुर नै घर भएका गाडीका सहचालक हरि न्यौपाने घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ ।

हिमा गाउँपालिका १ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेत जादै गरेको ट्रक बझाङेखोलामा दुर्घटना भएको हो ।

नाग्म गमगढी सडक खण्ड अन्तर्गत हिमा गाउँपालिकाको सो क्षेत्र दुर्घटनाको जोखिम क्षेत्र हो । दुर्घटना भएको ट्रकमा सात सय कार्टुन स्याउ रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.