जन सरोकार

चाडपर्व भन्दैमा फुटपाथमा व्यापार गर्न दिइदैन

अवैध संरचना हटाउने र फुटपाथ खाली गर्ने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले चाडबाड भन्दैमा यात्रु हिंड्ने थलोमा अरु गतिविधि गर्न नदिइने स्पष्ट पारेको छ ।

दशैंको मुखमा व्यापार गर्न दिनुपर्ने आवाज उठिरहे पनि महानगरपालिकाले फुटपाथ मानव आवतजावत बाहेकका सबै क्रियाकलापका लागि निषेधित रहेको विज्ञप्ति जारी गरेर स्पष्ट पारेको हो ।

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘महानगरले दिगो सहरी व्यवस्थापनका लागि लिएका नीति कार्यान्वयन गर्छ । अहिले पैदल यात्री हिँड्ने सडकमा व्यापार खुकुलो गर्ने विषय निराधार हो । हामी हाम्रा कार्यक्रम एकनाशले सञ्चालन गर्छौँ ।’

चालु आर्थिक बर्षको पूर्वाधार नीति अन्तर्गत पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ ।

फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ भन्ने व्यवस्था कार्यान्वयन भइरहेको छ । पर्व वा अन्य विशेष कारण यो कार्यक्रम आंशिक रुपमा स्थगित हुने वा लचिलो हुँदैन ।’

महानगरका प्रवक्ता नविन मानन्धरले एक प्रेस विज्ञप्तिमार्फत फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन, प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको जनाउँदै महानगरको कार्यक्रमका बारेमा स्पष्ट पार्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.