असोज १२ गते कान्तिपुर टिभीले सन्दीप लामिछानेले जर्सीको प्रायोजनका कारण वेष्ट इण्डिजबिरुद्धको खेल नखेलेको भन्दै प्रकाशन गरेको समाचार गलत भएको स्वीकार गरेको छ ।

कान्तिपुरले समाचार सार्वजनिक गरेपछि सन्दीपले आफ्नो सामाजिक सञ्जालार्फत कहिले सुध्रन्छाै यार ! भन्दै उक्त समाचारको सत्यथतय पुष्टि गर्न चुनौति दिएपछि कान्तिपुरले असोज १३ गते सोमबार क्षमा मागेको हो ।
आफूबिरुद्ध भ्रामक समाचार बनाएपछि सन्दीपले सामाजिक सञ्जालमार्फत चुनौति दिदैं यत्रो हालत हुँदा पनि अझै सुध्रन नसकेको भन्दै समाचार पुष्टि गर्न गर्नुभएको थियो ।
उहाँले लेख्नुभएको थियो-
खासै म यस्ता कुरामा वास्ता गर्दिनँ, तर एउटा प्रश्न छ-
कहिले सुध्रिन्छौ यार, Kantipur TV HD?
अहिलेसम्म पनि तपाईंहरू यही कुरा मात्र ठूलो विषय ठानिरहनुभएको छ? यत्रा हालत हुँदा पनि अझै सुध्रिन सकिएको छैन? त्यस्तो कुरा हो भने प्रमाणसहितको स्रोत मेरो अगाडि ल्याउनुहोस्।
“Naasa Securities” लगाएर खेल्दिन भनिएको भए, अष्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त? र, यहाँका खेलहरूमा पनि त्यही लोगो छ।
र जहाँसम्म CAN सम्बन्धी कुरा छ, त्यो व्यक्तिगत विषय हो। त्यसको समाधान म आफैंले गरिहाल्छु। तर त्यसलाई लिएर किन त्यति चासो देखाएर हावामा समाचार हालिन्छ?
समय अझै छ—बेलामा बुझेर समाचार लेख्ने बानी बसाल्नुस्। तपाईंहरूलाई म अझै पनि नेपालको एक अग्रणी सञ्चारमाध्यम भनेर सम्मान गर्छु। तर अबदेखि यस्तो नहोस् भन्ने मात्र चाहन्छु।
सन्दीपको चुनौतिपछि क्षमा माग्दै कान्तिपुरले लेखेको छ, “वैकल्पिक खेलाडीमा समेत सन्दीपको नाम किन राखिएन ?” शीर्षकमा आइतबार कान्तिपुर टिभीको वेबसाइटमा प्रकाशित समाचारको स्वतन्त्र पुष्टि हुन नसकेकोमा हामी क्षमाप्रार्थी छौं ।
आधिकारिक स्रोतहरुबाट प्राप्त जानकारीले समाचारमा उल्लेखित विषय पुष्टि हुन नसकेको हो। हामीले लेखेको समाचारबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं। साथै आगामी दिनमा थप सजगता अपनाउँदै तथ्यपरक समाचार लेख्ने प्रतिबद्धता जाहेर गर्दछौं ।
पुष्टि हुन नसकेको समाचार हामीले हाम्रो अर्काइभमा सुरक्षित रहने गरी वेबसाइटबाट हटाएका छौं ।
प्रतिक्रिया राख्नुहोस्