जन सरोकार

कर्मचारीमा कोरोना संक्रमणपछि बैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

वैदेशिक रोजगार कार्यालय ताहाचलका एक जना कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार कोरोना संक्रमण देखा परेपछि श्रम स्वीकृतिदिने काम बन्दगरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले जानकारी दिनुभयो ।

एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि अरु कर्मचारीको पनि पिसीआर परिक्षण गर्नु पर्ने भएकोले अर्को सूचना नभएसम्मका लागि सेवा वन्दगरिएको महानिर्देशक दहालले जानकारी दिनुभयो ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको थियो । कार्यालयले यही असोज १ देखि १३ गतेसम्म दुई हजार ९२७ पुरुष र १८९ महिला गरी तीन हजार ११६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.