जल/वातावरण

बढ्दो छ दैनिक कोरोना संक्रमितको संख्या : बुधबार थपिए १ हजार ५ सय ५४ जना

बुधबार देशभर थप १ हजार ५५४ जना कोरोनाका संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ९ सय २ जना रहेका छन् । त्यसमध्ये काठमाडौंका ६ सय ९७ जना, भक्तपुरको ९३ जना र ललितपुरका १ सय १२ जना छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म मृतक ४९८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ ।

यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ ।

देशमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । लकडाउन वा निषेधाज्ञा लगभग हटिसकेको अवस्थामा पर्याप्त स्वास्थ्य सुरक्षा नअपनाइँदा संक्रमणको पारो दैनिक चुलिंदो अवस्थामा पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.