राजनीति

एमालेद्वारा सर्वदलीय बैठक वहिष्कार

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सर्वदलीय बैठकमा वहिष्कार गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा जारी गतिरोध अन्त्यका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाउनुभएको थियो ।

एमालेले माधवकुमार नेपालको पार्टीलाई बोलाएकाले बैठकमा सहभागी नहुने बताएको हो । एमालेका एक नेताले प्रधानमन्त्रीलाई आफूहरु बैठकमा सहभागी नहुने जानकारी गराइसकेको बताउनुभयो ।

१४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले गत २३ भदौबाट संघीय संसद्‌का बैठकहरुमा निरन्तर अवरोध पुर्‍याउँदै आएको छ । तर, माधवकुमार नेपालसहित ती सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी नै खोलिसकेका छन् ।

१४ जना सांसदमाथि कारबाही हुनुपर्ने मागसहित एमालेले सर्वोच्च अदालतमा समेत मुद्दा हालेको छ । त्यस्तै यही विषयलाई लिएर उसले निरन्तर संसद्‍ अवरुद्ध पनि गरिरहेको छ ।

एमाले विभाजन गर्न मध्यराति संसद् स्थगित गरेर सरकारले असंवैधानिक ढंगले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोले सरकारको पनि एमालेले विरोध गर्दै आएको छ । अहिले संसद्मा टेबल भएको अध्यादेश फिर्ता लिएकोप्रति एमालेले कडा निन्दा गरेको छ ।

सर्वदलीय छलफलमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ । संघीय संसदमा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.