राजनीति

भ्रष्टाचारको अन्त्य जरुरी छ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ समाजवादीद्वारा विभिन्न पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राजनीतिक र प्रशासनिक क्षेत्रमा भइरहेका भ्रष्टाचारले अन्तर्राष्ट्रिय तहमा नेपालको छवि नकारात्मक बनेको बताउनुभयो ।

राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिष्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको उहाँको भनाइ थियो । “अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फल्ने प्रवृत्ति देखिएको छ ।

यी सबै चिजबाट होसियार हुनुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य नै समाजवाद हो । सबै खालका विभेद, अन्याय अत्याचार, अन्त्य गर्नुपर्छ । त्यसका लागि शक्ति निर्माण गर्नुपर्छ ।”

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राज्यका हरेक तहमा महिला प्रतिनिधित्व वृद्धि गर्न र आसन्न चुनावमा उनीहरुको उम्मेदवारी बढाउन माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.