राजनीति

बलियो मियोमा आबद्ध भएर दरिलो नेपाल बनाउनु पर्छ

पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकता राष्ट्र संकटमा परेको बताउँदै अहिले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन दिव्य चेतना आउन जरुरी रहेको बताउनुभएको छ ।

बडा दशैंको अवसरमा भिडियो सन्देशमार्फत शुभकामना दिंदै उहाँले बाहिरियाहरुलाई भित्राएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपन्च गरिएको आरोप लगाउँदै सो कुरा बताउनुभएको हो ।

सन्देशमा उहाँले भन्नुभएको छ ‘बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन जरुरी छ । नेपाललाई फेरि महान बनाउनु परेको छ ।’

एकातिर युवाहरु विदेश पलायन हुने र अर्कोतिर बाहिरियाहरुलाई भित्राउने प्रपन्च रचिएको भन्दै उहाँले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको पनि बताउनुभएको छ ।

सन्देशमा भनिएको छ, ‘अर्कातिर बाहिरियाहरुलाई भित्राउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपन्चप्रति चासो र चिन्ता बढेको छ । विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, सँस्कृति, सभ्यतामाथि घातक प्रहार हुँदै आएको छ ।’

सन्देशमा उहाँले डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको दावी समेत गर्नुभएको छ ।

उहाँले अहिले अहिले देशलाई दाउँमा लग्ने अवस्था बनेको र देशले कहिल्यै पनि हार्न नहुने बताउँदै देशकाप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था, संगठन एवम् प्रतिनिधित्वको सही पात्र देशले खोजिरहेको स्पष्ट गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, हाम्रा मौलिका धार्मिक, साँस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिंदहा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको छ । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ ।

सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउँमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं हाम्रो कुनै कार्यले देश कहिले पनि हार्न नहुने उहाँको सन्देशमा उल्लेख छ ।

सन्देशको अन्त्यमाा पूर्वराजाले राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका लागि एकजुट हुँदै अभिभावकीय रक्षा व्यवस्थाको रक्षामा समर्पित रहने देशभक्ति नेपालीहरुको चाहना परिपूर्ति गर्न नवदूर्गा भवानीले प्रेरणा प्रदान गरुन् भन्ने कामना गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.