राजनीति

कांग्रेस सत्ताको हतियार मात्र हुन लाग्यो : गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस सत्ताको हतियार मात्र हुन लागेकाले अब पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको र आफ्नै पार्टीभित्र ठूलो विद्रोह नगरे पार्टी मात्र सत्ताको हतियार हुने बताउनुभएको हो ।

कार्यक्रममा उहाँले पार्टीमा सन्तुलन भएन, पार्टीभित्र सबैलाई सही ढंगले हेरिएन भन्ने भान परेको र अहिले चर्को असन्तुष्टि रहेको पनि बताउनुभयो ।

उहाँले पार्टीभित्रको अहिलेको अवस्थालाई चिर्न नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको र यसको लागि युवाहरुको उपस्थितिले तागत बढाएको पनि बताउनुभयो ।

महामन्त्री थापाले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गर्दै सरकार मात्र निर्वाचन लगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको आरोप लगाउनुभयो ।

थापाले पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर बिरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेंगु नियन्त्रण र न्युनिकरणका लागि पहल हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.