राजनीति

रवी लामिछानेको उम्मेदवारी कहाँबाट ?

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिंदै गर्दा अनेक अड्कलबाजी र सम्भावित नतिजाका विषयमा चर्चा सुरु भैसकेको छ ।

चुनावी नतिजा जे जस्तो आए पनि पछिल्लो समय स्वतन्त्रको पक्षमा माहोल बनेको पनि देखिएको छ । यसबीचमा स्वतन्त्र नाम राखेर गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको पनि चर्चा चुलीमै छ ।

संचारकर्म छाडेर पार्टी गठन गरी राजनीतिमा होमिएका रवी लामिछाने सभापति रहेको पार्टीले विभिन्न जिल्लाका प्रतिनिधि सभा क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने उम्मेदवारका नाम सार्वजनिक गर्न थालेको छ ।

पार्टीका सभापति रवि लामिछाने कहाँबाट चुनाव उठ्ने भन्ने नटुंगिए पनि काठमाडौं क्षेत्र नम्बर १ बाट पुकार बम, क्षेत्र नम्बर १० बाट सामाजिक अभियन्ता प्रदीप विष्ट, उद्यमी शिशिर खनाल काठमाडौं ६ बाट उम्मेदवारी दिने पक्का भएको छ ।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखा क्षेत्र नम्बर २ बाट, डाक्टर तेसिमा कार्की ललितपुर ३, कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ र बागलुङ २ बाट सामाजिक अभियन्ता तिला खत्रीको उम्मेदवारी टुंगो लागेको छ ।

यसै गरी मुस्ताङबाट ग्रामीण क्षेत्र विकासका विद्यार्थी सुदेश गुरूङ र सिन्धुपाल्चोकबाट पर्वतारोही माया गुरूङ उम्मेदवार हुने टुंगो लागेको छ ।

स्याङ्जा क्षेत्र नम्बर १ बाट बोधराज रेग्मी र क्षेत्र नम्बर २ मा टिकराज गुरूङ, झापा ४ बाट पूर्व प्रहरी शम्भुप्रसाद ढकाल, झापा ३ बाट कृषक प्रकाश पाठक र झापा १ बाट ओमनाथ भण्डारीले उम्मेदवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ ।

निर्वाचन आयोगले असोज २३ मा उम्मेदवारको मनोनयन गर्ने बताएकोले त्यसअघि अधिकांश क्षेत्रका उम्मेदवार तय भइसक्ने उक्त पार्टीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.