राजनीति

काठमाडौं १ मा रवीन्द्र मिश्रद्वारा उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं १ मा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

यसअघि विवेकशील साझा पार्टीका अध्यक्ष रहनुभएका मिश्र केही दिनअघि मात्र राप्रपा प्रवेश गर्नुभएको थियो । २०७४ को निर्वाचनमाा पनि काठमाडौं १ मा उम्मेदवारी दिनुभएका मिश्रले शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उक्त चुनावमा उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित हुनुभएको थियो । मिश्रले १० हजार १ सय १८ मत पाउनुभएको थियो भने सिंह १० हजार ९ सय ३६ मतका साथ निर्वाचित हुनुभएको थियो ।

चन्दा बाकस राखेर उम्मेदवारी घोषणा गर्नुभएको पत्रकार सम्मेलनमा राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत नेता कार्यकर्ता उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.