ओली र महेश बस्नेतमाथिको कारबाही प्रत्युत्पादक हुने युवासंघको चेतावनी
राष्टिय युवा संघ नेपालले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्का र पोलिटब्यूरो सदस्य महेश वस्नेतमाथि कारबाही गर्ने समाचारप्रति आपत्ति जनाउँदै त्यसो गरे सरकारका लागि प्रत्युत्पादक हुने चेतावनी दिएको छ ।

युवा संघका अध्यक्ष क्षितिज थेवेद्वारा आज (असोज १४ गते) एक विज्ञप्ति जारी गरी पूर्व प्रधानमन्त्री ओलीमाथि प्रारम्भिक चरणमै शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको सिफारिस गरेको आोप पनि लगाइएको छ ।
विज्ञप्तिमा “वर्तमान सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली लगायतको राहदानी रोक्का गर्ने निर्णय गरेकोप्रति हाम्रो संगठन गम्भीर चासो र आपत्ति प्रकट गर्दछ” भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले बिना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै विशुद्ध शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको निर्णय गरेको तथ्य छर्लङ्ग छ।”
त्यस्तै युवा संघले एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि पनि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउन लागेको आरोप लगाउँदै यस प्रकारका प्रतिशोधयुक्त क्रियाकलापमा सरकारलाई अग्रसर नहुन माग गर्दछौं र यस प्रकारका गतिविधि वर्तमान सरकारलाई प्रत्युपादक हुने तर्फ सचेत गराइएको छ ।
प्रतिक्रिया राख्नुहोस्