जल/वातावरण

बिहिबार एकैदिन थपिए झण्डै दुई हजार संक्रमित : कुल संख्या ७९ हजार ७ सय २८

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनाको पिसिआर परीक्षणका क्रममा उक्त सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका ९ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना रहेका छन् । सोही अवधिमा भाइरस सङ्क्रमण भई घर फर्किनेको सङ्ख्या ९६१ जना रहेको छ । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५७ हजार ३८९ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ११ रहेको छ जसमा १० पुरुष र एक महिला छन् । योसँगै कोरोनाबाट निधन हुनेको सङ्ख्या ५०९ पुगेको छ ।

मृत्यु हुनेमा सुनसरीको ५६, ५० र २७ वर्षीय पुरुष, काठमाडौँका ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरको ६८ वर्षीय पुरुष र ललितपुरको ४८ वर्षीय पुरुष छन् । यसैगरी बाँकेकी ३४ वर्षीया महिला, रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २१ हजार ८३० जना सक्रिय सङ्क्रमितमध्ये ११ हजार ६९ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशनमा १० हजार ७६१ छन् । मन्त्रालयका अनुसार देशभर २२० जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् । क्वारेन्टिनमा पाँच हजार ७७ जना छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.