कर्णाली प्रदेश अस्पतालका अर्थोपेडिक सर्जनको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा कोरोना संक्रमण देखिएयता पहिलोपटक वरिष्ठ चिकित्सकको संक्रमणका कारण निधन भएको छ । समाचार अनुसार कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको मृत्यु भएको हो ।
भदौ २९ गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो । प्लाज्मा थेरापी विधिका साथै रेमडेसिभरको समेत प्रयोग गरेर उनको उपचार गरिएको भए पनि बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजे उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै समयमा बिहीबार दिउँसो ३ः१० बजे उनको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा रविन खड्काले दिएको जानकारी अनुसार प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँके निवासी ५९ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको हो ।
प्रतिक्रिया राख्नुहोस्