एन आर एन न्युजजापान

एनआरएनए डेमा वृहत अन्तरक्रिया हुने

गैरआवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमितिले एनआरएनए डेको अवसरमा ‘एनआरएनएको महत्व र हाम्रो भूमिका” विषयक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न भएको छ ।

एनआरएनएको स्थापनाको १८ वर्ष पुगेको सन्दर्भमा संस्थाले स्थापना कालमा परिकल्पना गरेको अवधारणा र वर्तमान गतिविधिबारे एनआरएनएका संस्थापकदेखि हालका नेतृत्व एवं एनआरएनएसँग सम्बन्धित व्यक्तित्वहरुसँग बिशेष अन्तरक्रिया हुने क्युसु संयोजक अर्जुन बगालेले जानकारी गराउनुभयो ।

हरेक वर्ष असोज २५ गते मनाउदै आएको गैरआवासीय दिवस अक्टोबर ११ क़ा दिन मनाइने कार्यक्रममा प्रमुख वक्ता गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचन रहने बताइएको छ ।

कार्यक्रममा एनआरएनएमा भएका विकृति र विसंगतीको न्यूनीकरणका निमित्त के(कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने बारेमा पनि बहस हुने जनाइएको छ ।

सोही कार्यक्रममा एनआरएनए जापान क्युस्यु क्षेत्रीय कार्यसमितिले आयोजना गरेको जापानव्यापी निबन्ध प्रतियोगितामा प्राप्त भएका निबन्धहरु संकलन गरी तयार गरिएको “मैले चिनेको र चाहेको एनआरएनए निबन्ध संग्रह ” पुस्तिका पनि बिमोचन समेत गरिने संयोजक बगालेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.