जन सरोकार

शर्तसहित भारतीय यात्रुवाहक सवारीसाधन नेपाल प्रवेश गर्न अनुमति

कोरोना भाइरस संक्रमणको महामारीसंगै बन्द रहेको नेपाल भारत यातायात संचालनलाई सुचारु गरिएको छ । सरकारले डेढ वर्षपछि सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ ।

सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको हो ।

सरकारले सीमा नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार काटेर भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरेको पछि शुक्रबारदेखि यात्रु बोकेका वा नबोकेका भारतीय निजी सवारी साधन अब शर्तसहित नेपाल आउन सक्नेछन्

सरकारको निर्णयसंगै देशकै प्रमुख नाका वीरगञ्ज–रक्सौल नाकाबाट पनि भारतीय गाडीको आवागमन शुरु भएको छ । सरकारले तोकेको प्रक्रिया पूरा गरी आएका भारतीय सवारी साधनलाई नेपाल प्रवेश गर्न दिइएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

भारतीय नम्बर प्लेटको सरकारी वा निजी सवारी साधनमा नेपाल आउने यात्रुले कोरोना बिरुद्धको खोपको मात्रा अनिवार्य रुपमा पूरा गरेको हुनुपर्नेछ । यस्तै ७२ घण्टा अघिको पीसीआर नेगेटिभको रिर्पोट वा एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने शर्त पनि छ ।

नेपाल आउने यात्रुले सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थान केन्द्र)ले तयार पारेको यात्रु सूचना फारम भने अनिवार्य रुपमा भरेर सीमा नाकाको अध्यागमनमा बुझाउनु पर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.