जन सरोकार

मनसुन एकसाता पर धकेलिंदा दशैंको तीन ठूलो पानीपर्ने

यस वर्षको विजया दशमी, एकादशी र द्वादशीका दिन देशभर ठूलो पानीपर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाले बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता पर धकेलिंदा सामान्यतयाः १६ असोजभित्र मनसुन बाहिरिसक्नुपर्ने भए पनि यसपटक सक्रिय रहने जनाएको हो।

विजया दशमीका दिन देशका धेरैजसो क्षेत्रमा ठूलो वर्षाको आँकलन गरिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै क्षेत्रमा त भीषण वर्षा हुने आँकलन महाशाखाले गरेको छ।

यस्तै नवमीका दिन प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित अन्य क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार २० असोज एकादशीमा अझ धेरै वर्षा हुने आँकलन गरिएको छ।

यो दिन देशभर बदली हुने र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ।

२१ असोजमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँ र बाँकी प्रदेशका केही क्षेत्रमा वर्षा हुनेछ। यी प्रदेशका केही क्षेत्रमा भीषण वर्षाको सम्भावना छ ।

महाशाखाले मनसुनको उत्तराद्र्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम–मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा नवमी अर्थात् १८ असोजबाट मनसुनी वर्षा हुने प्रक्षेपण गरेको हो ।

हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा असोज १८ गतेदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुनेछ

महाशाखाले दसैँका लागि विशेष मनसुन बुलेटिन जारी गर्दै भनेको छ, ‘नेपालमा यसको अवसरका कारण नवमीबाट वर्षा हुने देखिएको छ। विजया दशमीको दिन देशभर वर्षा हुने देखिएको छ ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.