खेलविविध

विश्व ट्रेल रनमा ऐतिहासिक पदक विजेता सुनमाया स्वदेश फिर्ता

स्पेनमा सम्पन्न विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्कनुभएको छ । सुनमाया मंगलबार साँझ स्वदेश फर्कनुभएको हो ।

बुढालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको थियो । महासङ्घका सचिव शहदेव ब्यञ्जनकार, कोषाध्यक्ष रीकी योञ्जन, सदस्य राजमान महर्जनलगायतले बुढालाई विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

विश्व माउन्टेन रनिङ एसोसिएसनले विश्व एथलेटिक्स र इन्टरनेश्नल एसोसिएसन अफ अल्ट्रारनर्ससँग मिलेर आयोजना गरेको विश्व च्याम्पियनसिपमा सुनमायाले रजत पदक हात पार्नुभएको थियो । उहाँले ८० किलोमिटरको महिला लङ ट्रेल रनको दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गर्नुभएको थियो ।

नेपाल एडभेन्चर फेडेरेसनले प्रतियोगितामा नेपालबाट बुढासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई सहभागी गराएको थियो । टोलीको व्यवस्थापकमा प्रीति खत्री रहनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.