जन सरोकार

राक्षस बाबु जसले १२ वर्षीया अबोध छोरीको गरे बलात्कार

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा बलात्कारको आँकडा विश्वका धनी र शक्तिशाली मुलुकहरुकोभन्दा अत्यन्त न्यून रहेको दावी गरिरहँदा नाबालिक छोरी आफ्नै बाबुबाटै छोरी बलात्कृत भएको समाचार बाहिरिएको छ ।

समाचार अनुसार डोटीको जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त विकलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको बताइएको छ ।

घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.