प्रदेशलुम्बिनी

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी

लामो समयपछि प्रदेश नं. ५ ले नाम र स्थायी राजधानी प्रस्ताव गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको सरकारी प्रस्ताव पेश गर्नुभएको हो ।

मन्त्री केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानीमा दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई बनाउने प्रस्ताव गर्नुभएको छ ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शीर्ष नेतृत्वबीच प्रदेशको नाम र राजधानीमा सहमति भएलगत्तै सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको हो ।

मन्त्री केसीले उक्त प्रस्ताव गरेलगत्तै विपक्षी दल नेपाली कांग्रेसका सांसदले उठेर विरोध गरेका थिए । कांग्रेस सांसद रमा अर्यालले राजधानीका नाम तीन ठाउँमा प्रस्ताव गरे पनि संसदमा एक ठाउँको मात्रै नाम पेश गरिएकोमा विरोध गर्नुभइको छ र

प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ । यसअघि राजधानीका विषयमा सांसदहरू विभाजित थिए । नेकपा संसदीय दलले शनिबार बिहान ८ बजे बैठक बसेर राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गर्नेछ ।

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन। रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.