जन सरोकार

बलात्कारविरुद्ध मानव अधिकार तथा शान्ति समाजद्वारा शान्तिपूर्ण अभियान घोषणा

बलात्कार मानवताविरुद्ध अपराध भएकाले दोषीलाई उन्मुक्ति नदिन, संलग्नलाई मिलापत्र गरेर उन्मुक्ति दिने जनप्रतिनिधि, प्रहरी, प्रशासक, अगुवालाई समेत दण्डित गर्न दबाबसहित शान्तिपूर्ण अभियान प्रारम्भ भएको छ ।

अन्तर्राष्ट्रिय अहिंसा दिवसका (२ अक्टोवर)का अवसरमा मानव अधिकार तथा शान्ति समाजले शुक्रबार भर्चुअल माध्यमबाट आयोजना गरेको कार्यक्रममा देशव्यापी अभियान घोषणा गरिएको हो ।

कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले बालिका बलात्कार मानवताविरुद्धको अपराध भएकाले सभ्यता कलङ्कित हुँदै जान नदिन मृत्युदण्डबाहेक सभ्य समाजले स्वीकार गर्ने प्रभावकारी कदम चाल्न आह्वान गर्नुभयो ।

“कानूनी शासन, स्वच्छ एवं निष्पक्ष कानूनी उपचार र सबैको मानवअधिकारको संरक्षण तथा सम्मान हुनुपर्छ, मृत्युदण्ड त्रासदी हो, ३२ वर्ष अघिदेखि राज्यले गर्ने हिंसारुपी मृत्युदण्ड उन्मूलनका लागि हामीले अभियान चलाएका छौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव सुशील बस्नेत, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव मदनबहादुर कुँवर, कोषाध्यक्ष रामकृष्ण बराललगायतले बलात्कारविरुद्ध अभियानलाई देशव्यापीरुपमा अघि बढाइने बताउनुभयो । अन्तरक्रियामा बझाङ जिल्लाका प्रशासन एवं सुरक्षा निकायका अधिकारीको समेत सहभागिता थियो ।

भारतीय स्वतन्त्रता आन्दोलनका अग्रणी महात्मा गान्धीलाई अहिंसात्मक आन्दोलन र सामाजिक परिवर्तनका लागि उत्प्रेरक मानिन्छ । अक्टोबर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । गान्धी जयन्तीको अवसर पारेर संयुक्त राष्ट्र सङ्घले यस दिनलाई अहिंसा दिवसको घोषणा गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.