खेलफूटबल

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

माल्दिभ्समा शुक्रबारबाट सुरु भएको साफ च्याम्पियनसिप २०२१ को पहिलो खेलमा नेपालले आयोजक राष्ट्र माल्दिभ्सलाई पराजित गरेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलोपल्ट हो ।

नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकाल्ने क्रममा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनीष डाँगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।

उनले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गरेका हुन् । यस नतिजापछि नेपालको तीन अंक भएको छ र बंगलादेशसँगै शीर्ष स्थानमा रहेको छ ।

दोस्रो हाफको सुरुआतदेखि नेपाल केही आक्रामक देखिएको थियो र अन्ततस् यसले नतिजा पनि देखायो । खेलको ५९ औं मिनेटमा नेपालका लागि किरण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए ।

इब्राहिम हसनको हेडलाई किरणले रोकेका थिए । यस्तै अञ्जन विष्टले ६५ औं मिनेटमा प्रहार गरेको बल शक्तिशाली रहेन र एउटा मौका गुमेको थियो । मालेस्थित नेसनल स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै टिमले निर्णायक सावित हुन सक्ने आक्रमण बुन्न सकेका थिएनन् ।

खेलको २३ औं मिनेटमा नवयुग श्रेष्ठले अञ्जन विष्टको पासमा गरेको हेड शक्तिशाली रहेन र माल्दिभ्सका गोलरक्षक मोहम्मद फैसलले सजिलै जोगाए । माल्दिभ्सले केही आक्रमणमा नेपाली गोलरक्षक किरण लिम्बूलाई दबाबमा राखे पनि डिफेन्डिङ च्याम्पियन त्यसमा सटिक देखिएन ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.