अर्थ

‘मनिचेन्जर’को नयाँ इजाजत बन्द

नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाहेकका अन्य स्थानमा ‘मनिचेन्जर’को नयाँ इजाजत बन्द गरिएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजत प्रदान गने सम्बन्धी कार्य बन्द गरिएको जनाएको छ ।

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.