क्रिकेटखेल

मलेसियाले नेपाललाई दियो १०५ रनको लक्ष्य

मलेसियाले अन्तरराष्ट्रिय महिला ट्वेन्टी २० अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितको लागि १०५रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४ रनको योगफल बनाएको छ । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन्भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन् ।

नेपाली महिला टोलीले आगामी जनवरीमा यहाँ आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने छ । सोही प्रतियोगिताको तयारीस्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.