क्रिकेटखेल

नेपाली महिला क्रिकेट टोली मलेसियासंग पराजित

मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली तीन रनले पराजित भएको छ ।

कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा कविता जोशी र राजमती ऐरी क्रिजमा रहेपनि ३ रन मात्र जोड्न सके । नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले अविजित १३ तथा कप्तान इन्दु बर्माले १२ रन बनाइन् ।

मलेसियाकी नुर दानिया स्यादाले ४ ओभरमा १० रन मात्र दिएर ३ विकेट लिइन् । कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले २(२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । मलेसियाका लागि कप्तान विनिफ्रेडले सर्वाधिक २७ रन बनाइन् ।

अइना हमिजाले २६ तथा मास एलिसाले २५ रन बनाइन् । नेपालकी सोमु विष्टले २ तथा रुबिना क्षेत्रीले १ विकेट लिए । शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.