राजनीति

प्रधानमन्त्री सचिवालय छिर्यो कोरोना- चारजना सल्लाहकारलाई कोरोना संक्रमण

मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको सचिवालयमा कोरोना भाइरस प्रवेश गरेको छ । २४ सै घण्टा प्रधानमन्त्री ओलीको निकट रहने चारजना सल्लाहकारलाई कोरोना संक्रमण पुष्टिभएसंगै प्रधानमन्त्री ओली कन्ट्याक ट्रेसिङमा पर्नुभएको छ ।

समाचार अनुसार प्रमुख राजीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट शनिबार आएको हो । संक्रमण पुष्टि भएपछि प्रेस सल्लाहकार थापाले आफूहरुको सम्पर्कमा आएकाहरूलाई पिसिआर परीक्षण गर्न अनुरोध गर्नुभएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीसँग दैनिक भेटघाट भइरहेको तर स्वास्थ्य सावधानी अपनाएको बताउँदै उहाँसँग भेट गर्दा स्वास्थ्य सावधानी र दूरी अनिवाई रुपमा कामय गरेको बताउनुभएको छ ।

थापाका अनुसार चारजना सल्लाहकारदेखि चालकदेखि सबैको स्वाब संकलन गरिएकोमा चार जना र केही चालकहरुमा पनि संक्रमण देखिएको छ । यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.