जापान

दूतावास नेपाली दाजुभाई दिदी बहिनीका लागि आफ्नै घर र माइतीघर हो

जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले राजदूतावासलाई जापानवासी नेपाली दाजुभाइहरुको आफ्नै घर अनि दिदीबहिनीहरुका लागि माईतीघर महसुस गराउन प्रयासरत रहेको बताउनु भएको छ।

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा आइतबार टोकियोमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा राजदूत डा सुवेदीले आफ्नो घरमा महसुस गराउँदै हरतरहले सेवाग्राहीलाई सेवा दिलाउने प्रतिवद्धता व्यक्त गर्दै यस्तो भनाई राख्नु भएको हो।

त्यस क्रममा उहाँले राजदूतावासका तमाम समस्या र अप्ठयाराका वावजुत सेवा लिने, दिने काममा सहकार्यको आवश्यकता रहेको भन्दै उहाँले सानातिना विषयमा अफवाह नफैलाउन आग्रह पनि गर्नुभयो।

जनगुनासो र सेवालाई प्रभावकारी बनाउन दूतावासको फोन सिधै आफैले उठाउदै आएको भन्दै उहाँले कुनै विषयमा राजदूतलाई सिधै भेटेर कुरा समेत गर्नसकिने व्यवस्था मिलाएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लामो कुराकानी होइन सेवाका विषयमा भेटन परे सिधै राजदूतसंग एक मिनेट भए पनि भेटने अधिकार छ, आउनुस, भेटनुस, सवैलाई भेटन सक्छु, सेवाका विषयमा गुनासो भए सिधै कुरा राख्नुस । चुस्तदुरुस्त सेवाका लागि कुनै कसुर बाँकी राख्दिन।’

अर्को एक प्रसंगमा राजदूत सुवेदीले जापानमा नेपालीनेपाली बीचको हरेक गतिविधिहरु जापान सरकार र यहाँका स्थानीय जनताको चासोको विषय भएकाले कसैले पनि देशको प्रतिष्ठामा आँच आउने कार्य नगर्न अनि नगराउन आग्रह गर्नुभयो ।

आफनो कार्यकालमा विगतका नियमित कार्यसंगै सानासाना कार्यलाई ध्यानमा दिएर काम गर्ने तयारी गरेको भन्दै उहाँले जापानमा नेपालीहरुको बढदो विश्वास र अनुसासनलाई थप मजबुद र यसका लागि सवै संयम्मित हुनु पर्ने कुरामा जोड दिनुभयो ।

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका अध्यक्ष अमित गौतमको सभापतित्वमा भएको कार्यक्रममा एनआरएनए जापानका संरक्षक अनिता गुरुङ, आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ राई, नेपाल पत्रकार महासंघ जापानका कोषाध्यक्ष आनन्द कोइराला, जापान भ्रमणमा रहनु भएका नेपाली काँग्रेस बीपीका केन्द्रीय सदस्य रामचन्द्र गौतम, पूर्वी नेपाल बिकास सहकार्य केन्द्र जापानका संस्थापक उपाध्यक्ष तथा सल्लाहकार भूपी गोविन्द श्रेष्ठ, सल्लाहकार डिल्लीराम सिवाकोटी, सस्थापक सहसचिव गणेश विष्ट लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

नेपालीहरुको महान चाड विजया दशमी, तिहार, छठ पर्व तथा नेपाल सम्वतको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सस्थाका तर्फबाट नवनियुक्त राजदूत सुवेदीलाई स्वागत तथा सम्मान समेत गरिएको थियो। यस्तै सोही अवसरमा सस्थाले हालै प्रकाशनमा ल्याएको पूर्वी नेपाल नामक स्मारिका समेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.