जापान

पर्वत समाज जापानको अध्यक्षमा सुभाष लामिछाने

पर्वत जिल्लाबाट जापान आई विभिन्न पेसा व्यवसायमा आवद्ध नेपालीहरुको संस्था पर्वत समाज जापानको नयाँ अध्यक्षमा सुभाष लामिछाने सर्वसम्मत चयन भएका छन् । नवगिठत समितिका अध्यक्ष लामिछाने एनआरएनए जापानका प्रवक्ता समेत हुन् ।

टोकियोमा आयोजिक संस्थाको अधिवेशनले आगामी कार्यकालका लागि लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

नवगठित कार्यसमितिको तीन उपाध्यक्षमा मुक्तिराज रेग्मी, रमेश काफ्ले, वसन्त जोशी चयन तथा महासचिवमा रामप्रसाद वास्तोला, सचिवमा विमल न्यौपाने र राजेन्द्र शर्मा कोषाध्यक्षमा रामचन्द्र सापकोटा र सहकोषाध्यक्षमा रमेशराज जैसी सवर्सम्मत चयन भए ।

कार्यसमिति सदस्यहरूमा कृष्ण भुषाल, नवराज आचार्य, योगनाथ आचार्य, अर्जुन तिवारी, रबिन सुबेदी, पुरुषोत्तम बास्तोला, शिव रेग्मि, बिनोद भुषाल शर्मा, बालकृष्ण रिजाल, विनोद न्यौपाने बिकास पौडेल, रामकृष्ण आचार्य, सागर सापकोटा र नारायण पौडेल चयन भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.