राजनीति

बन्दसूची संशोधन- असन्तुष्टि कति सम्बोधन भयो ?

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा संशोधित बन्दसूची बुझाएका छन् ।

संशोधिन बन्दसूची बुझाएसँगै राजनीतिक दलहरुभित्रको आन्तरिक किचलो पनि क्रमशः कम हुने अपेक्षा गरिएको छ । तर, नेतृत्वले असन्तुष्ट पक्षलाई कति सम्बोधन गरेको छ यो भने महत्वपूर्ण छ ।

प्रमुख दलहरुभित्र समानुपातिकको बन्दसूचीमा को पर्ने, नपर्ने, आफ्ना समूहका बढी सङ्ख्या कसरी समावेश गराउने भन्नेमा एक प्रकारको रस्साकस्सी भएकामा कतिपय दलले आन्तरिक गुनासो सम्बोधन गरेर संशोधनको सूची बुझाउने समय सकिएपछि विवाद शान्त हुन थालेको अपक्षा भने गरिएको छ ।

विशेष गरी सरकारको नेतृत्वमा रहेको नेपाली कांग्रेसभित्र शेखर कोइराला समूहले समानुपातिकमा ४० प्रतिशत आफ्नो पक्षका उम्मेदवार हुनुपर्ने माग गरिरहेको छ । समानुपातिक बन्दसूची सच्याउन सो समूहले पार्टी कार्यालयमा धर्ना समेत दिएको थियो ।

बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने र आजै उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिइएको छ ।

निर्वाचन आयोगमा यसको विस्तृत विवरण सङ्कलन हुने क्रम जारी छ । बन्दसूचीका संशोधित सूची बुझाउने अन्तिम अवधि असोज १६ गतेसम्मका लागि दिइएको थियो ।

ठूला दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले शनिबार नै आफ्नोतर्फको संशोधन पेस गरेका थिए ।

आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ गतेदेखि ९ गतेसम्म सूची पेस गर्ने राजनीतिक दलहरुलाई आग्रह गरेको थियो ।

आयोगको सुझाव बमोजिम ती दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ । सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

निर्वाचन कार्यक्रम अनुसार यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ ।

यस्तै यही असोज २२ गते उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

यी सबै कार्य बहादुर भवनस्थित आयोगको कार्यालयबाट हुनेछन् । यही असोज २ र ३ गते उक्त बन्दसूची पेस गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.