राजनीति

डा. भट्टराईद्वारा संसदीय राजनीतिबाट टाढा बस्ने उद्घोषसंगै उम्मेदवार नबन्ने घोषणा

कैयौंपटक सांसद निर्वाचित भएर पनि अझै उम्मेदवारीको आकांक्षा राख्ने नेताहरुको बीचमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू संसदीय राजनीतिबाट टाढा रहने बतउँदै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले राजनीति जनता र समाजको सेवाका निम्ति गरिने स्वेच्छिक कर्म भएको हुँदा संसद् बाहिरबाट पनि जनताको सेवा गर्न सकिने उहाँले स्पष्ट पार्दै सो घोषणा गर्नुभएको हो ।

सोमवार नेपाल न्यून एजेन्सीसँग कुराकानी गर्दै उहाँले आफू संसदीय राजनीतिबाट टाढा बस्ने बताउनुभएको हो । उहाँ अघिल्लो प्रतिनिधि सभामा गोरखा–२ बाट निर्वाचित हुनुभएको थियो ।

नेताहरु जसरी पनि संसदमा पुग्ने र पाएसम्म कार्यकारी पद लिने प्रवृत्तिले देशमा ठूलो विकृति र विसङ्गति आएको बताउँदै डा. भट्टराईले सदन बाहिरबाट गरिने कर्म पनि राजनीति भएकाले आफूले उपयुक्त समय आएकाले संसदीय राजनीति नगर्ने निर्णय लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सक्रिय राजनीति गर्ने मान्छेले चुनाव नलड्ने यो नै रोचक प्रश्न हो । किनकि राजनीति भनेको चुनाव मात्रै हो, सत्ता मात्रै हो भन्ने जुन पर्न गयो, खासगरी ढिलो लोकतान्त्रीकरण भएको नेपालमा यो अत्यन्त विडम्बनापूर्ण कुरा हो ।

उहाँले राजनीति भनेको समाज रुपान्तरणको निम्ति गरिने, जनताको र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म भएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.