क्रिकेटखेल

टी २० विश्वकप छनोट फाइनलका लागि खेलाडी घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा हुने आईसीसी टी २० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

क्यान प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा छनोट प्रतियोगिताका लागि १५ जना नेपाली खेलाडीहरू समावेश टोली घोषणा भएको हो ।

विशवकप छनोटको तयारीका लागि युएईमा वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोली ओमान गए पनि १५ सदस्यीय टोलीमाबाट साहब आलमलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।

यही अक्टोबर ८ देखि १७ सम्म आयोजना हुने टी २० विश्वकप छनोट आगामी नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।

नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.