राजनीति

प्रदेश ५ को नाम र राजधानी प्रस्तावमा असन्तुष्टि जनाउँदै अभियन्ताहरु अनशनमा

प्रदेश नं ५ सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव फिर्ता लिन र प्रदेशको नाम बुद्ध प्रदेश र राजधानी कपिलवस्तु बनाउन् माग सहित रिले अनशन सुरु गरिएको छ ।

बुद्धकालीन महत्व बोकेको सिद्धार्थ गौतमका बाबु शुद्धोधनको ऐतिहासिक राजधानी रहेको स्थान कपिलवस्तुलाई राजधानी बनाउनु पर्ने भन्दै सदरमुकाम तौलिहवाको जिल्ला प्रशासन कार्यालय अगाडि स्थानीय अनशनमा बसेका हुन् ।

अनशन बस्नेहरुमा समाजसेवी रउफ अहमद खा, सुदीप पौडेल, अशोक कुमार गुप्ता, सन्तोष कसौधन र बृजेश भटरा छन् । प्रदेशको नाम ‘बुद्ध प्रदेश’ र राजधानी कपिलवस्तु हुनुपर्ने मागसहित अनशन बसेको रउफ अहमद खाले बताउनुभयो ।

प्रदेश नं ५ को परासीदेखि बर्दियासम्मको जनतालाई पायक पर्ने स्थान कपिलवस्तु नै भएको उनको भनाइ छ । कपिलवस्तुलाई राजधानी नबनाउँदासम्म रिले अनशन जारी रहने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.