जल/वातावरण

काठमाडौंमा थपिए १ हजार ५ सय ९९ संक्रमित : दशैं जहाँ बसेको छ त्यही मनाउन आग्रह

नेपालमा कोरोना संक्रमणको अवस्था जटिल बन्दै गैरहेका बेला आउँदो दशैंपछि कस्तो अवस्था आउला भन्ने चिन्ता जागृत हुन थालिसकेको छ । देशभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भसंगै दशैंमा गाउँघर नजान अनुरोध समेत गरिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतममले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

यसै गरी मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।

साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.