राजनीति

समृद्ध नेपाल बनाउने अभियान एमालेकै : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको अभिभारा एमालेको काँधमा रहेकाले आफ्नो पार्टीले फेरि पनि विजय हासिल गर्ने बताउनुभएको छ ।

पार्टीको प्रथम विधान महाधिवेशनको समापन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवेदनमा उठेका विषयबारे स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री ओलीले देश बनाउने जिम्मेवारी हाम्रो भएकाले देश बिग्रिएमा एमालेले अरुलाई दोष दिएर उम्कन नपाउने जनाउनुभयो । उहाँले भ्रममा परेर पार्टीबाट बाहिर गएकाहरूलाई फर्काउन पहल गर्न निर्देशन दिनुभयो ।

उहाँले जनताको बहुदलीय जनवादको जगमा यसलाई परिष्कृत तथा राष्ट्यि पुँजीको विकास गर्दै गर्दै समाजवादोन्मुख राज्य निर्माणका लागि एमाले सदैव प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

उहाँले आम कार्यकर्ता र जनताले दिएको आफू प्रतिको विश्वासलाई कत्ति पनि कुठराघात गर्न नदिने संकल्प गर्नुभयो । अध्यक्ष ओलीले अबको निर्वाचनमा पार्टीलाई कसैले हल्लाउन नसक्ने गरी बहुमत ल्याउने दाबी गर्नुभयो ।

राजनीतिक र साङ्गठनिक प्रतिवेदन पारित

नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले आफ्ना प्रतिवेदनमाथि उठेका सवालमा जवाफ दिएपछि हलले सर्वसम्मतरूपमा ती प्रतिवेदन पारित भएको हो । बन्दसत्रले यसअघि उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।

महाधिवेशनमा स्थायी कमिटी सदस्य रघुजी पन्थले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभयो । सो महाधिवेशनले डा विजय सुब्बाको अध्यक्षतामा १४ सदस्य केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ । महाधिवेशनले पार्टीको लोगो परिमार्जन गरेको छ भने आजै एप्सको शुभारम्भ गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.