राजनीति

नेपाली कांग्रेसमा पुस्तान्तरण हैन रुपान्तरण आवश्यक

प्रमुख राजनीतिक दलहरुको नेतृत्वमा युवा पुस्ता पुग्नुपर्ने माग र आवाज उठिरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा पुस्तान्तरण हैन रुपान्तरण आवश्यक भएको बताउनुभएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल

दशैंका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकी तनहुँले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रहेको औँल्याउनुभयो ।

एकथरीले कांग्रेसमा पुस्तान्तरणको नारा दिइरहेको भन्दै उहाँले आजको अवस्थालाई बुझेर रुपान्तरणमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसको १४औँ महाधिवेशनले नयाँ सन्देश दिने पौडेलको भनाइ छ ।

कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “नेताहरुको व्यवहार, आचरणले राजनीतिप्रति वितृष्णा छ, त्यसलाई अन्त्य गर्नुपर्छ ।”

कांग्रेसले भ्रष्टाचारका विरुद्धमा खुलेर बोल्न सक्नुपर्ने बताउँदै उहाँले आज जनताले त्यस्तो कांग्रेसको खोजी गरिरहेको बताउनुभयो । “चौधौँ महाधिवेशनबाट त्यस्तो पार्टी बनाउने हो । ध्रुवीकरणमा नलागी कांग्रेस एक बनाउन लागौँ ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सङ्गठनलाई बलियो बनाउन नयाँ पुस्ता र नयाँ विचार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.