जापान

प्रधानमन्त्री फुमियो किशिदाद्वारा मन्त्रिपरिषद् विस्तार, तीन महिला समावेश

जापानका नवनिर्वाचित प्रधानमन्त्री फुमियो किशिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भरखरै चुनिनुभएको हो ।

सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गत हप्ता मात्र सम्हाल्नुभएका हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी नेताका रूपमा परिचित हुनुहुन्छ ।

सोमबारको संसद्को मतदानले उहाँलाई प्रधानमन्त्रीमा सहजै अनुमोदन गरेको थियो। सोमबारको अनुमोदनपछि किशिदाले थुप्रै नयाँ अनुहार सहित मन्त्रिमण्डल विस्तार गर्नुभएको छ भने केही महत्त्वपूर्ण मन्त्रालयमा भने निवर्तमान प्रधानमन्त्री सुगाको मन्त्रिमण्डलका सदस्य यथावत् राखिएका छन् ।

पूर्व सरकारका परराष्ट्रमन्त्री तोसिमित्सु मोटेगी र रक्षामन्त्री नोबोउ किशी यथावत् छन् । अर्थ मन्त्रालयको जिम्मेवारी भने शुनिची सुजुकीलाई दिइएको छ ।

त्यस्तै मन्त्रिपरिषदमा तीन महिला समावेश गरिएका छन् जसमा किशिदा नेतृत्वको एक समयका प्रतिद्वन्द्वी सेको नोडा पनि छन्, जो जापानको घट्दो जन्मदर सम्बोधन गर्ने जिम्मामा मन्त्री नियुक्त हुनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.