जन सरोकार

एपिएफको निशान तथा मौलो पूजा सम्पन्न

बडादशैंको अवसरमा आज महानवमीको दिन सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ)को निशान तथा मौलो पूजा सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा आयोजित विशेष कार्यक्रमका बीच पूजाअर्चना गर्नुभएको हो ।

उक्त निशान तथा मौलो पूजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत तथा बिल्लादार जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।

सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच बिहान ७ बजेर ३१ मिनेटको पूजाको संकल्प साइतमा सुरु गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो ।

पूजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको अवसरमा हरेक वर्ष निशान तथा कोतपूजा गर्दै आएको छ ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले मौलोपूजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.