राजनीति

राष्ट्रपति भण्डारीद्वारा नव कन्याको पूजा

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको पूजा आराधनाको विशेष महत्वको बोकेका महानवमीको दिन नवदुर्गाको अवतारस्वरुप नव कन्याको पूजा गर्नुभएको छ ।

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्नुभयो । ती कन्यालाई बालमन्दिरबाट लगिएको हो ।

दशैं पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आउनुभएको छ । उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.