विश्व समाचार

जलवायु परिवर्तनको विषयलाई प्राथमिकतामा राख्न आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न विश्वमा सबै देशलाई आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो– अहिले विश्वमा जलवायु परिवर्तनका कारण विभिन्न देशहरुमा ठूलो समस्या देखा परिरहेको छ, त्यसैले सबै देशहरुले र विशेषगरी जि२० का सदस्य राष्ट्रहरुले यस विषयमा ध्यान दिनुपर्छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्बन्धी सम्मेलन कोप २७ का लागि विश्वका देशहरुले एजेण्डा बनाइरहेको बताउँदै ती एजेण्डामा जलवायु परिवर्तनलाई आवश्यक मात्रामा प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभएको हो ।

इजिप्टको सराम आल सेख सहरमा आगामी नोभेम्बर महिनाको ६ देखि १८ तारिखसम्म विश्व जलवायु सम्बन्धी सम्मेलन कोप २७ हुने भएको छ । सो सम्मेलनमा विश्वका विभिन्न देशहरुले जलवायु परिवर्तन सम्बन्धी आफ्ना एजेण्डा र प्राथमिकताहरु निर्धारण गरिरहेका बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घले यसअघि पनि विश्वका आफ्ना सदस्य देशहरुलाई जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धमा आ–आफना देशका बजेट एवं नीति तथा कार्यक्रमहरु प्राथमिकताका साथ निर्माण गर्न आग्रह गरिरहेको थियो ।

आगामी यस विश्व सम्मेलनमा पनि यसै विषयमा संयुक्त राष्ट्रसङ्घले विश्वका आफ्ना सदस्य देशहरुलाई आग्रह गर्ने भएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.