टोकियोमा पुरूषोत्तम महात्म्य पाठ तथा अखण्ड हरिकृतन सम्पन्न (फोटोहरुसहित)
बिहॅुकोट समाज जापानको आयोजनामा पुरूषोत्तम महात्म्य पाठ तथा अखण्ड हरिकृतन कार्यक्रम सम्पन्न भएको छ । टोकियो सुमियोसीमा हलमा भएको कार्यक्रममा पहिलो चरणमा पुरूषोत्तम महात्म्य पुराण पाठ गरिएको थियो भने दोश्रो चरणमा जापनमा पहिलो पटक जापानमा अखण्ड हरि कृतन गरिएको संस्थाले जनाएको छ ।
पुराण पाठ पश्चात आयोजित कार्यक्रमलाई संस्वोधन गर्दै पुराण वाचक तथा संस्थाका निवर्तमान अध्यक्ष देवीलाल सुवेदीले परमानन्द सरस्वतिको जन्मस्थलका सन्तति भएकाले संस्कृति जोगाउन धार्मिक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
बिहुकोट धार्मिक हिसावले गुरूकुल भएकाले तथा अहिलेको संक्रमणकाल अवस्थाबाट नेपालीहरू शक्ति मिलोस भनि भगवानलाई प्राथना गरेको जानकारी दिनुभयो ।
पण्डित ज्ञानानन्द सरस्वतिको भिडियो सम्वोधन सहित उदघाटन गरिएको कार्यक्रममा बिहॅकोट समाजका संरक्षक दीपक सुवेदी, सहसंरक्षक डिपी कंडेल, लिला कँडेल, ग्लोवल होम कम्पनीका संचालक तथा व्यवसायी शिव पौडेलले सम्वोधन गर्नु भएको थियो ।
कोषाध्यक्ष रामु कँडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा संस्थाका अध्यक्ष अशोक शर्मा गोपालले संस्थाले विभिन्न सामाजिक कार्यका साथै धार्मिक कार्यक्रमलाई समेत निरन्तरता दिदै आएको बताउनुभयो ।
कार्यक्रमा सम्वोधन गर्दै उहाँले कार्यक्रमबाट कुल संकलित पॉच लाख ४ हजार मध्ये तीन लाख ६ हजार ९३१ येन बचत भएको जानकारी गराउनु भयो। साथै संस्थाले बिहॅुकोटको रामकोट विधालयको सहयोगार्थ आर्थिक संकलन जारी राखेको जानकारी दिनुभयो।
लोकभजन कार्यक्रमका संयोजक भूमिश्वर सुवेदीको सुमधुर भजनबाट सुरू भएको भजन कार्यक्रम करिव तीन घण्टा लगातार चलेको थियो ।समारोहमा जापान भ्रमणमा रहनु भएका अभिभावकहरूलाई सम्मान समेत गरिएको थियो।