राजनीति

नेताहरुमा कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगित

नेपाली काँग्रेसका केही नेताहरुमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयमा यही असोज १५ गते गरिएको पिसिआर परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जङ्गीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलगायत अन्य विविध जिम्मेवारीमा रहनुभएका केही व्यक्तिहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसैगरी काठमाडौँ बाहिर परीक्षण गर्नुभएका केन्द्रीय सदस्यहरु रमेश रिजाल र अजयकुमार चौरसियामा पनि कोरोना सङ्क्रमण पुष्टि देखिएकाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी यही असोज १९ गतेका बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काँग्रेस केन्द्रीय समितिको बैठक यही असोज २५ गते दिउँसो २.०० बजेका लागि निर्धारित गरिएको समेत उहाँले बताउनुभयो । काँग्रेसले कोरोना सङ्क्रमण देखिनुभएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवं अन्य सबैको शिघ्र सङ्क्रमण मुक्तिका लागि कामना गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.