जन सरोकार

कलाकार तथा पत्रकार सिंखडालाई कोरोना संक्रमण

वरिष्ठ हाँस्य कलाकार तथा पत्रकार एवं सामाजिक अभियन्ता श्रीकृष्ण सिंखडालाई कोरोना संक्रमण भएको छ । पछिल्लो समय सरसफाई अभियान चलाइरहनुभएका सिंखडाको पिसीआर परीक्षण नतिजा पोजेटिभ देखिए पनि उहाँमा संक्रमणको अन्य लक्षण भने छैन ।

संक्रमण भएको पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्नुभएका सिंखडाले आफूलाई कहाँबाट संक्रमण भयो भन्ने यक्किनसाथ भन्न नसक्ने बताउँदै आफ्नो दैनिक क्रियाकलाप बन्द गर्ने बाहेक अरु अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।

नेपालमा कोरोना भाइरस समुदायस्तरमै फैलिसकेको विज्ञहरुले चेतावनी दिइरहँदा बाहिरी व्यक्तिहरुसंग सम्पर्कमै नरहेकाहरुमा पनि संक्रमण देखिन थालेको छ । प्रधानमन्त्री निवास बालुवाटारका ६३ जना सुरक्षाकर्मीमा संक्रमण देखिनु यसैको संकेत हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.