जल/वातावरण

सोमबार थपिए २ हजार ४ सय ४० जना : कुल संख्या ९० हजार नजिक

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजारको नजिक पुगेको छ । सोमबार थपिएका २ हजार ४ सय ४० जनासंगै कुल संख्या ८९ हजार २६३ पुगेको छ । सोमबार काठमाडौंमा मात्रै १ हजार १ सय ७८ जना थपिएका छन् भने भक्तपुरमा १ सय ३ र ललितपुरमा २ सय ५० जना रहेका छन् ।

सोबार देशभरका प्रयोगशालामा १३ हजार ७ सय ८१ नमुना परीक्षण गर्दा ९ सय ३७ महिला र १ हजार ५ सय ३ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ भने १२ हजार ३१६ होम र ११ हजार १९१ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४४ जनाको आईसीयू र ४३ जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये ५ सय ५४ जनाको मृत्यु भएको छ । त्यसै गरी अहिलेसम्म ६५ हजार २ सय २ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार १ सय ३३ जना संक्रमणमुक्त भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १५३१ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ११७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना छन् ।

यस्तै सुनसरीका १२२ जना, चितवनका १०३, रौतहटका ८४, नवलपुरका ६६, रुपन्देहीका ५८, मोरङका ५५, काभ्रे र कास्कीका ३६/३६ जना, कैलालीका ३३, सुर्खेतका ३०, बाँकेका २२, बाग्लुङका १८, गोरखा र गुल्मी १७/१७ जना, मकवानपुरका १५, अर्घाखाँचीका १३, धादिङ र रामेछापका १२/१२ जना, नुवाकोट र तनहुँका १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

सर्लाहीका ९ जना, झापा, पर्सा, बारा, कपिलवस्तु र बर्दियाका ८/८ जना, सिराहा, दाङ, पाल्पा र कञ्चनपुरका ६/६ जना, उदयपुर, सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी र प्युठानका ५/५ जना, स्याङ्जाका ४, ओखलढुंगा, खोटाङ, पर्वत र दैलेखका ३/३ जना, महोत्तरी, सिन्धुली, लजमुङ, डडेलधुरा, डोटी, दार्चुला र बैतडीका २/२ जना तथा इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, धनुषा, दोलखा, कालीकोट, रुकुम पश्चिम, सल्यान, अछाम, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.