जन सरोकारस्वास्थ्य

नेपालमा कोरोना सङ्क्रमण दर १८ प्रतिशत

नेपालमा कोरोना भाइरस संक्रमणदर अझै पनि अपेक्षाकृत रुपमा घट्न सकेको छैन । संख्यात्मक रुपमा कमी देखिए पनि सङ्क्रमण दर १८ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८७४ जनामा आज कोरोना परीक्षण गर्दा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १८.८ प्रतिशत छ ।

त्यस्तै देशभर सक्रिय सङ्क्रमित १६ हजार ६०६ छन् । पाँचसय भन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ छन् । मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर भक्तपुर, कास्की र रुपन्देही ५०० भन्दा बढी सङ्क्रमित भएको जिल्ला हुन् ।

एक हजारले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुने सात लाख ७० हजार २२४ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.५ प्रतिशत छ । सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको निधन भएको छ ।

अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १७४ जनाको निधन भइसकेको छ । हाल देशभर ३५१ जना सघन उपचार कक्ष, ११८ जना भेन्टिलेटर, १५ हजार ५३४ जना होम आइसोलेशन, एक हजार १५२ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन् ।

कोभिड–१९ विरुद्धको खोप एक लाख २० हजार ५४८ जनाले लगाएका छन् । अहिलेसम्म नेपालमा ७८ लाख पाँच हजार ६८५ ले पहिलो मात्रा र ६३ लाख ८४ हजार १७२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.