राजनीति

परराष्ट्रमन्त्री खड्कासँग चीन र अमेरिकी राजदूतको भेटवार्ता

नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डी बेरीले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा सोमबार भएको भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी सम्बन्ध र बहुपक्षीय सहभागिताका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री खड्काले नेपालको विकास पहल र कोभिड–१९ विरुद्धको लडाइँमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकार र जनतालाई धन्यवाद दिनुभएको थियो ।

यसै गरी मन्त्री डा नारायण खड्कासँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरूबीच नेपाल–चीनबीचको सम्बन्ध, कोभिड–१९ विरुद्धको खोप सहयोगलगायत विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले यही असोज ६ गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.