जापान

प्रधानमन्त्री किशिदासंग मिलेर काम गर्ने चाहना

जापानका नवनियुक्त प्रधानमन्त्रीमा फुमिओ किशिदालाई शुभकामना दिंदै चीन र रुसका राष्ट्रपतिले उहाँको कार्यकालमा द्विपक्षीय सम्बन्ध अरु विस्तार हुने र मिलेर काम गर्ने चाहना व्यक्त गर्नुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिंदै आगामी दिनमा जापानी प्रधानमन्त्री किशिदासँग मिलेर काम गर्न आफू इच्छुक रहेको पनि बताउनुभएको छ । साथै उहाँले आगामी आम निर्वाचनका लागि पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई शुभकामना दिनुभएको छ ।

त्यसै गरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई बधाई दिनुभएको छ । उहाँले नवनियुक्त प्रधानमन्त्री किशिदाको समयमा चीन जापान सम्बन्ध राम्रो रहने बताउनुभएको छ । त्यस्तै चिनियाँ प्रधानमन्त्रीले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई सन्देश पठाउनुभएको छ ।

उता नवनियुक्त प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी पनि थाल्नुभएको बताइएको छ । उहाँले देशको १०० औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गर्नुर्भको थियो । त्यस क्रममा उहाँले निर्वाचनको तयारी सुरु गर्ने घोषणा गर्नुभयो ।

उहाँले यही अक्टोबर ३१ मा जापानमा आम निर्वाचन गराउने तयारी गर्नुभएको हो । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उहाँले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको घोषणा गर्नुभएको हो ।

निर्वाचन गराउने प्रयोजनकै लागि उहाँले यही अक्टोबर १४ मा यहाँको संसदको तल्लो सदन विघटन गर्नुहुने छ र निर्वाचनको औपचारिक सुरुआतको घोषणा गर्नुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.