जन सरोकार

सामूहिक हत्याकाण्डका अभियुक्तलाई थुनामा राख्न आदेश

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको हत्यामा संलग्न भएको आरोप लागेकालाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत सङ्खुवासभाले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिनुभयो ।

मादी नगरपालिका–१ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सूचना अधिकारी प्रसाईंले बताउनुभयो । अदालतले १७ वर्षीय नरेश कार्कीलाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको उहाँले बताउनुभयो ।

गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

यसै गरी प्रहरीले विराटनगर घर घई बूढानीलकण्ठ बस्ने ३० वर्षीय राज खड्काको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले ताप्लेजुङका ३५ वर्षीय प्रदीप लिम्बूलाई सोमबार साँझ पक्राउ गरेको हो ।

लिम्बूले खड्कालाई चक्कु प्रहार गरेर हत्या गरेका जनाइएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हत्या सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सङ्खुवासभा हत्या काण्ड : थप चारजना पक्राउ, लोकबहादुर मुख्य अभियुक्त

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.