राजनीति

प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किशिदालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उहाँसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गर्नुभएको छ ।

किशिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । जापानको दुबै सदनमा भएको मतदानमा किशिदाले आफ्ना प्रतिद्वन्द्वीलाई भारी अन्तरले पराजित गर्दै प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.